काठमाडौं । आज नेप्से परिसूचक ९ दशमलव ८३ अंकले घटेर १,८३८ दशमलव ९६ को विन्दुमा कायम भएको छ । आज ३७ कम्पनीको मुल्य बढेको छ भने १४३ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै सामलिङ पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । लक्ष्मी इक्विटी फण्डका इकाईधनीले ४ दशमलव ४२ प्रतिशतका दरले कमाएका छन् । लक्ष्मी उन्नती कोषका इकाईधनीले ३ प्रतिशतका दरले कमाएका छन् । आज अपर हेवाखोला हाइड्रोपावर कम्पनीका शेयरधनीले २ प्रतिशतका दरले कमाएका छन् ।
सबैभन्दा धेरै प्रभु बैंक डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । बैंकका इकाईधनीले ९ दशमलव ९३ प्रतिशतका दरले गुमाएका छन् ।