IME Life New

नागरिकता विद्येयक पारित गर्नबाट राष्ट्रपति पछि हटेपछि संसदको अपमान गरेको भन्दै गठबन्धनले निकाले विज्ञप्ति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विद्येयक प्रमाणिकरण नगरेकोमा संसदको अपमान भएको भन्दै सत्तारुढ गठबन्धनले विज्ञप्ति जारी गरेको छ । संसदले पास गरेर पठाएको १५ दिनसम्मपनि नागरीक विद्येयक प्रमाणीकरण नहुनु भनेको जनताद्धारा निर्वाचित गरेर पठाएको संसदको अपमान भएको भन्दै गठबन्धनले आलोचना समेत गरेको छ ।

राष्ट्रपति भण्डारीले साउन २९ गते नागरिकता विद्येयक प्रमाणीकरण गर्न अस्वीकार गर्दै प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन । प्रतिनिधि सभा र राष्ट्रियसभाले हुबहु पास गरेर पुन भदौ २० मा प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएको थियो । तर राष्ट्रपति भण्डारीले १५ औं दिन मंगलबार राती प्रमाणीकरण नगर्दा प्रमाणीकरण गर्ने समय सकिएको हो ।

Esewa
Crest

नेपाली आमा बुबाका सन्तानले नेपाली नागरिकता प्राप्त गर्ने संवैधानिक हकबाट बञ्चित हुनुपरेको विज्ञप्तिमा उल्लेख छ । साथै संविधान सभाबाट निर्मित संविधानले व्यवस्था गरेको जनतामा निहित सार्वभौमसत्ता, संवैधानिक सर्वाेच्चता र लोकतान्त्रिक शासन व्यवस्थाका आभारभुत मूल्य मान्यतामा समेत गम्भीर प्रहार भएको उक्त विज्ञप्तिमा लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS