काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले अभिकर्ता सम्मान तथा उत्प्रेरणामुलक कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले मधेश प्रदेश अन्तर्गत निजगढ शाखाका आफ्ना एजेन्सी म्यानेजर, अभिकर्ताहरुलाई सम्मान तथा मोटिभेशनल तालिम दिएको हो ।
उक्त तालिम बारा जिल्लाको निजगढमा होटेल राजमार्गमा सोमबार सम्पन्न भएको हो । कार्यक्रममा रिलायबल नेपाल लाइफमा आबद्ध ६० जना अभिकर्ताहरुको उपस्थिती रहेका थिए ।
कार्यक्रममा शाखामा आवद्ध आफ्ना नयाँ तथा पुराना अभिकर्तारुलाई सम्मान गरेको कम्पनीले जनाएको छ । साथै उनीहरुलाई उत्प्रेरणा तालिम समेत दिइएको थियो।
कार्यक्रम निजगढ शाखाका प्रमुख प्रकाश लामिछानेको अध्यक्षता सम्पन्न भएको हो भने कम्पनीका मधेश प्रदेशका प्रमुख त्रिलोकी दासको बिषेश आतिथ्यतामा र बनेपा बागमती प्रदेशका प्रमुख राज कुमार गिरीको प्रमुख आतिथ्यतामा मोटिमोशन प्रशिक्षण गरी सम्पन्न भएको हो ।
कार्यक्रममा निजगढका अभिकर्ताहरुको सहभागिता रहेको थियो। बनेपा बागमती प्रदेशका प्रमुख राज कुमार गिरीले उत्प्रेरणा जीवन उपयोगी विषय बस्तुहरुको बारेमा सहभागिहरुलाई जानकारी गराएका थिए ।
त्यस्तै,मधेश प्रदेशका प्रमुख त्रिलोकी दासले बीमा सम्बन्धि विषयमा प्रस्तुति राख्दै रिलायबलका सिनियर एजेन्सी म्यानेजर ,एजेन्सी म्यानेजर ,सफल अभिकर्ताहरुलाई सम्मान गरेका हुन् ।