IME Life New

१३ म्युचुअल फण्डको औसत बजार मूल्य ९ रुपैँया, नबिल ब्यालेन्स्ड फन्ड–२ लाई कस्तो पर्ला प्रेसर ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपालमा अहिले १३ वटा म्युचुअल फण्डहरु संचालनमा छन् भने दोश्रो बजारमा कारोवार पनि भइरहेको अवस्था छ । लगानीको क्षेत्रमा विविधिता हुन नसकेको कारणले गर्दा म्युचुअल फण्ड हरु दोश्रो बजारमा निर्भर हुन बाध्य छन् ।

Esewa
Crest

दोश्रो बजारले केही वर्ष यता बियारिस प्रवित्तिमा गएको र सो प्रवित्तिको सिधा असर हाल संचालनमा रहेका म्युचुअल फण्डमा देखिएको छ ।

प्रति ईकाई खुद मूल्यमा आएको गिरावटको सिधा असर कम्पनीको बजार मूल्यमा पनि देखिन थाल्यो । १३ वटा म्युचुअल फण्डको औसत बजार मूल्य ९ रुपैया ०९ पैसा छ ।

के छ अहिले अवस्था ?

हाल नेपाल स्टक एक्सेंजमा १३ वटा म्युचुअल फण्डका शेयर किन बेच हुने गरेका छन् । चैत्र २५ गतेको बजार मूल्य हेर्दा दुईवटा म्युचुअल फण्डको मात्र बजार मूल्य १० रुपैयाँ भन्दा माथि छ ।

एनएमबी सुलभ इन्भेस्टमेन्ट फण्ड(१ को बजार मूल्य प्रति ईकाई बजार मूल्य १० रुपैयाँ ५६पैसा रहेको छ भने सिद्धार्थ इक्युटी ओरियन्टेड स्किमको बजार मुल्य १० रुपैयाँ १५ पैसा छ । अरु सबै म्युचुअल फण्डको ईकाई मूल्य १० रुपैयाँ भन्दा मुनी छ ।

प्राथमिक निस्काशन गर्दा प्रति ईकाई १० रुपैयाँ मा बिक्री गरिएका म्युचुअल फण्डका ईकाईहरु दोश्रो बजारमा आउँदा प्रति ईकाई १० भन्दा मुनी हुनुले म्युचुअल फण्ड क्षेत्र लगानीका केही अन्य औजारहरु व्यवस्था गर्नु जरुरी देखिएको छ । म्युचुअल फण्डले अन्य कम्पनीको प्राथमिक निस्काशन गर्दा पाउने कोटाको शेयरले पनि ठुलै राहात दिएको छ ।

१३ वटा म्युचुअल फण्ड मध्य सबै भन्दा थोरै बजार मूल्य एनआईबीएल प्रगति फण्डको रहेको छ । एनआईबीएल प्रगति फण्डको प्रति ईकाई बजार मूल्य ७ रुपैयाँ १५ पैसा छ ।

नबिल ब्यालेन्स्ड फन्ड–२ लाई प्रेसर

दोश्रो बजारमा म्युचुअल फण्डले राम्रो प्रस्तुति दिन नसकेको अवस्थामा वैशाख ५ गतेदेखि ‘नबिल ब्यालेन्स्ड फन्ड–२’ को १० करोड २० लाख इकाई ल्याउदै छ ।

नबिल इन्भेष्टमेन्ट बैंकिङलाई आईपीओ बिक्री गराउन केही प्रेसर भने पक्कै पर्ने नै छ तर केही दिन देखिको बजारमा देखिएको वृद्धिको प्रवित्तिले निरन्तरता पाएको अवस्थामा भने आईपीओ बिक्री गर्न सजिलै हुने देखिन्छ ।

नबिल इन्भेष्टमेन्ट बैंकिङले वैशाख ५ गतेदेखि ‘नबिल ब्यालेन्स्ड फन्ड–२’ को १० करोड २० लाख इकाई बिक्रीमा ल्याएको छ । वैशाख ९ गतेसम्म निस्काशन गरिएको ईकाईमा आवेदन नपरेमा जेठ ३ गतेसम्म आवेदन दिन सकिने छ।

प्रतिइकाई १० रुपैयाँको दरले लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् ।

फण्डले १२ करोड ईकाई निस्काशन गरेकोमा १५ प्रतिशत फण्ड म्यानेजर र फण्ड स्पोन्सरलाई छुट्याएको छ भने बाँकी १० करोड २० लाख इकाई भने सर्वसाधारणलाई बिक्रीमा ल्याईएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS