Connect IPS
IME Life

ग्यापु डटकमले ल्यायो दशैं धमाका, विजेतालाई आकर्षक गिफ्ट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाली अनलाइन सपिङ प्लेटफर्म ग्यापु डटकमले दशैंको अवसरमा विशेष अफर ल्याएको छ । अफरमा ग्यापुले विभिन्न सामानमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । सपिङ गर्नेहरुबाट दैनिक सपिङ विजेता घोषणा गरेर आकर्षक गिफ्ट प्रदान गर्ने जनाएको छ ।

ग्यापुको दशैं धमाका अफर असोज ३ देखि १० गतेसम्म चल्नेछ । यस योजना अन्तर्गत ग्राहकहरुले घरायसी सामाग्री, कपडा, सौन्दर्य सामाग्री, बालबालिकाको खेलौना तथा कपडा र मोबाइल खरिद गर्दा भारी छुट पाउनेछन् ।

Prabhu
Crest

त्यस्तै, एनआइसी एसिया बैंकको एप र कार्ड मार्फत भुक्तानी गर्दा १५ प्रतिशत (अधिकतम ५ सय रुपैयाँ) क्यासब्याक, हिमालय बैंकको एप र कार्ड मार्फत भुक्तानी गर्दा १५ प्रतिशत (अधिकतम १ हजार), एनसिसि बैंकको एप र कार्ड मार्फत भुक्तानी गर्दा २० प्रतिशत (अधिकतम २ हजार) र माछापुच्छ्रे बैंकको एप र कार्ड मार्फत भुक्तानी गर्दा २० प्रतिशतसम्म (अधिकतम १ हजारसम्म) क्यास ब्याक दिने भएको छ ।

त्यस्तै इसेवाबाट भुक्तानी गर्ने मध्ये अफर अवधीभर दैनिक २ जना ग्राहकले लक्की ड्र मार्फत गिफ्ट भौचर पाउने ग्यापुका हेड अफ बिजनेस अभिमन्यु शर्माले बताए । ग्यापुमा सपिङ गर्न मोबाइल एप वा कम्पनीको आधिकारिक वेबसाईट मार्फत अर्डर गर्न सकिन्छ ।

ग्राहकले सामान खरिद गर्दा फोन पे, आइएमइ पे, कनेक्ट आइपिएस, इ–सेवा, प्रभु पे र जुनसुकै बैकंको मोबाइल बैकिङ बाट पनि ‘क्यु आर’ कोड मार्फत भुक्तानी गर्न सक्छन् । त्यस्तै विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्डबाट भुक्तानी गर्ने सुविधा समेत उपलब्ध छ। साथै ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्ने कम्पनीले बताएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS