IME Life New

एशियन लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १४ दशमलव ५० प्रतिशत बोनश शेयर प्रयोजनका मुल्य समायोजन गरेको हो । आइतवार कायम अन्तिम शेयरमूल्य ५४० रुपैयाँको आधारमा शेयर मुल्य समायोजन गरेको हो ।

बोनश पछिको मूल्य नेप्सेले ४७१ रुपैयाँ ६२ पैसा मुल्य तोकेको छ । मंगलवार समायोजनपछिको मूल्यको आधारमा कम्पनीको शेयर कारोयबार खुला हुनेछ ।

Esewa
Crest

कम्पनीले यस वर्ष आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट कुल १५ दशमलव २६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीले १४ दशमलव ५० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश सहित वार्षिक प्रतिवेदन पारित गर्नका लागि कम्पनीले असोज १३ गते १४औं वार्षिक साधारण सभा बोलाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS