Connect IPS
IME Life

एशियन लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं। एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि असोज ४ गते बुक क्लोज गर्ने भएको छ । यसको आधारमा भोलि सार्वजनिक बिदा परेकाले आज असोज २ गतेसम्म कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिनुका साथै लाभांश प्राप्त गर्ने छन् ।

कम्पनीले असोज १३ गते साधारणसभा बोलाएको छ । कम्पनीले आफ्नो १४ औ वार्षिक साधारणसभा असोज १३ गते होटल क्लासिक सिमरा, बारामा गर्दै छ । साधारणसभा विहान ११ः३० बजे सुरु हुँदै छ ।

Prabhu
Crest

सभाले आर्थिक वर्ष ७७/७८ को संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब ५३ करोडको आधारमा १४ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ७६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्ने छ।

त्यस्तै कम्पनीको हाल कायम पुँजी संरचनामा सस्थापक तर्फको ६० प्रतिशत र सर्वसाधारण तर्फको ४० प्रतिशतको अनुपातलाई सस्थापक तर्फ ५१ प्रतिशत र सर्वासाधारण तर्फ ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पनि पारित गर्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS