IME Life New

रिलायबल नेपाल लाइफद्वारा अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले अभिकर्ता सम्मान तथा उत्प्रेरणामुलक कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले मधेश प्रदेश अन्तर्गत लालबन्दी, हरिवन र चन्द्रपुर शाखाका आफ्ना एजेन्सी म्यानेजर तथा एमडिआरटी अभिकर्ताहरुलाई सम्मान तथा मोटिभेशनल तालिम दिएको हो ।

कार्यक्रममा रिलायबल नेपाल लाइफमा आबद्ध १०० जना अभिकर्ताहरुको उपस्थिती रहेका थिए । उक्त तालिम सर्लाही जिल्लाको हरिवनमा होटेल सिता प्यालेसमा शनिबार सम्पन्न भएको हो । कार्यक्रम मधेश प्रदेशका रिजनल म्यानेजर त्रिलोकी दासको अध्यक्षता सम्पन्न भएको हो । कम्पनीका बनेपा बागमती प्रदेशका प्रमुख राज कुमार गिरीको प्रमुख आतिथ्यतामा मोटिमोशन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

Esewa
Crest

कार्यक्रममा शाखामा आवद्ध आफ्ना नयाँ तथा पुराना अभिकर्तारुलाई सम्मान गरेको कम्पनीले जनाएको छ । साथै उनीहरुलाई उत्प्रेरणा तालिम समेत दिइएको थियो।

कार्यक्रममा लालबन्दी, हरिवन र चन्द्रपुरका अभिकर्ताहरुको सहभागिता रहेको थियो। बनेपा बागमती प्रदेशका प्रमुख राज कुमार गिरीले उत्प्रेरणा मुलक जीवन बिमा उपयोगी विषय बस्तुहरुको बारेमा सहभागिहरुलाई जानकारी गराएका थिए ।

त्यस्तै, मधेश प्रदेशका रिजनल म्यानेजर त्रिलोकी दासले बीमा सम्बन्धि विषयमा प्रस्तुति राख्दै रिलायबलका एमडिआरटी सिनियर एजेन्सी म्यानेजर ,एजेन्सी म्यानेजर ,सफल अभिकर्ताहरुलाई सम्मान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS