Connect IPS
IME Life

मोफसलमा समितिले इन्स्योरेन्स इन्स्टिच्युट मार्फत पहिलो पटक दियो अभिकर्तालाई तालिम, अण्डराइटिङमा जोड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा समितिको प्रादेशिक कार्यालय अन्तर्गत सञ्चालनमा आएको मधेश प्रदेश कार्यालय र इन्स्योरेन्स इन्स्टिच्युट नेपालको संयुक्त आयोजनामा मधेश प्रदेश अन्तर्गत विरगञ्जमा जीवन बीमा अभिकर्ता पुनर्ताजगी सम्बन्धी तीन दिने तालिम सम्पन्न गरेको छ ।

उक्त तालिममा विभिन्न जीवन बीमा कम्पनीका ४५ जना अभिकर्ताहरु सहभागी रहेका थिए । उक्त तालिममा मुख्य प्रशिक्षकका रुपमा भोजराज शर्मा, कुसुम शर्मा,टेकराज पाण्डेय, कमलेश कर्ण र अजय कुमार सिंह रहेका थिए भने तालिमको संयोजकका रुपमा गणेश प्रसाद शर्मा रहेका थिए । तालिमका प्रशिक्षकहरुले तालिममा सहभागी अभिकर्ताहरुलाई आगामी दिनमा जीवन बीमा व्यवसायमा कुनै पनि किसिमका समस्याहरु सृजना नहुने किसिमका बीमालेखहरुका लागि काम गर्न अनुरोध गरेका थिए ।

Prabhu
Crest

अभिकर्ता भनेको बीमा व्यवसायका खम्बाका रुपमा रहने हुँदा पहिलो अन्डरराइटर भनेको अभिकर्ता नै हो र बजारलाई स्वस्थ प्रतिस्पर्धी बनाउनका लागि अभिकर्ताको ठुलो भूमिका रहने धारणा राखेका थिए । सहभागिहरुले यस्तो तालिम पहिलो पटक पाएको जसले गर्दा हामीलाई बीमा व्यासायमा लाग्नका लागि अझै बढि प्रेरणा मिल्ने र आगामी दिनमा नबुझेको कुराहरु सोध्नका लागि हाम्रै घर दैलोमा बीमा समिति आएको भन्दै खुसि व्यक्त गरेका थिए ।

सहभागिहरुले यो तालिमले हामीलाई अभिकर्ता पेशालाई व्यवसायिक बनाउनका लागि थप उर्जा प्रदान गरेको धारणा राखेका थिए । उक्त तालिममा समितिका प्रशिक्षकहरुले गाउँ गाउँसम्म बीमाको पहुँच पुग्ने गरि काम गर्न र जनचेतनामूलक कार्यक्रमहरु गर्नका लागि अनुरोध समेत गरेका थिए ।

अभिकर्ताहरुलाई ठुला ठुला बीमालेखका लागि काम नगरि साना साना बीमालेखका लागि पनि काम गर्न र ग्रामिण भेगमा बसोबास गर्ने मानिसहरुलाई पनि बीमाको बारेमा जानाकारी गराउन वडा स्तरमा जनचेतना फैलाउन आग्रह गर्नेका थिए । कार्यक्रमको समापनका दिन तालिममा सहभागिहरुलाई प्रमाण-पत्र प्रदान गरि कार्यक्रमको समापन गरिएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS