काठमाडौं । आज नेप्से परिसूचक ४७ दशमलव ३३ अंकले सुधार आएको छ । आज नेप्से परिसूचकमा सुधार आउँदा १९८१ दशमलव ४८ को विन्दुमा कायम भएको छ ।
१ अर्ब ४५ करोड ३८ लाख २४ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नबिल बैंकको शेयर कारोबार भएको छ । आज बैंकको ६ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने गुर्खाज फाइनान्सको ४ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन एभरेष्ट एन्स्योरेन्सको ४ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने अपि पावरको ४ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।