Connect IPS
IME Life

सिक्लेस हाइड्रोपावरको आईपीओ आजदेखि बिक्री खुला

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारण समुहको ११ लाख ५० हजार कित्ता मध्ये तीन प्रतिशत अर्थात ३४ हजार ५०० कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ५७ हजार ५०० कित्ता सामुहिक लगानीकोषका लागि सुरक्षित गरेको छ ।

कर्मचारी र सामुहिक लगानीकोषलाई सुरक्षित गरेर बाँकी रहेको १० लाख ५८ हजार कित्ताका लागि भने सर्वासाधारणले आवेदन दिन सक्ने छन् । सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्मको लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

कम्पनीले आइपिओ निष्काशन छिटोमा असोज २ गतेसम्म र ढिलोमा असोज २ गतेसम्म खुला राख्नेछ । यदि पहिलो चरणमा बिक्री भयो भने असोज २ गते नै निष्काशन बन्द हुनेछ ।

हाल कम्पनीको चुक्ता पूँजी ६५ करोड रुपैयाँ रहेको छ । आयोजना प्रभावित स्थानियलाई ८ करोड ५० लाख रुपैयाँ र सर्वसाधारणलाई ११ करोड ५० लाख रुपैयाँ गरी २० करोड रुपैयाँ बराबरको शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ८५ करोड रुपैयाँ पुग्नेछ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपाले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS