IME Life New

तीन वर्ष ब्रोकर लाइसेन्स जारी नहुने भए पछि बजार बढाउदै, नेप्से सूचक २१ अंकले सुधार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नयाँ ब्रोकर लाइसेन्स अवको तीन वर्षसम्म जारी नगर्ने व्यवस्था बनाउन सफल भए सँगै आजैदेखि शेयर बजार सुधार हुने संकेत देखिएको छ । धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) चौथो संशोधन नियमावली २०७९ मा हरेक वर्ष ब्रोकर लाइसेन्स खुला गर्ने व्यवस्था गरे सँगै विध्यमान ब्रोकरले विरोध सहित जवरजस्ती शेयर बजार घटाउदै आएका थिए ।

मन्त्रिपरिषदले केहि दिन अगाडी मात्रै स्वीकृत गरेको उक्त नियमावलीमा अहिलेका ब्रोकरहरुले आफ्नो शक्ति प्रयोग गर्दै यो नियमावली स्वीकृत भएको ३ वर्ष पछि मात्रै निवेदन माग गर्न सक्नेछ भन्ने व्यवस्था थप गर्न सफल भएका छन् । नयाँ ब्रोकर लाइसेन्सलाई रोक्ने ठुलो प्रयास गरिरहेका ब्रोकरहरुले अन्तत नियमावलीमा त्यसमा पनि मन्त्रिपरिषदबाटै यसरी खेल्न पाए पनि आजैदेखि शेयर बजार सुधारमा लागि परेका छन् । आज कारोबार सुरु भएदेखि नै बढ्न थालेको थियो ।

Esewa
Crest

मंगलबार नेप्से सूचक २१.३० अंकले सुधार भएको छ । सुधारका क्रममा १.११ प्रतिशतले बढेर १९३४.०४ अंकमा बन्द भएको छ । सूचक सँगै कारोबार रकम पनि ९२ करोड २५ लाख रुपैयाँ पुगेको छ । आज १७२ वटा कम्पनीको शेयर मूल्य बढ्दा १४ वटाको भने घटेको छ । सम्पुर्ण सूचक तथा उपसूचकमा सुधार हुँदा सर्वाधिक धेरै बोटलर्स नेपालको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य १९४ रुपैयाँले बढेर २१३६ रुपैयाँमा कारोबार भएको छ ।

धितोपत्र बोर्डले यस नियमावलीको संशोधन तयार पारे देखिनै ब्रोकरहरुले आफ्नो भाग खोसिन थालेको भन्दै विरोध स्वरुप शेयर बजार लगातार तल झारिरहेका छन् । उनिहरुको यस अभियानमा तरलता अभावको समस्याले पनि साथ दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS