IME Life New

ब्रोकरको चुक्ता पूँजी २० करोडदेखि डेढ अर्बसम्म, के कति लाग्छ शुल्क ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ब्रोकरहरुको चुक्ता पूँजी २० करोड रुपैयाँ हुनु पर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) चौथो संसोधन नियमावली २०७९ मा सिमित कार्य गर्ने धितोपत्र दलाल सेवा प्रवाह गर्ने ब्रोकरका लागि न्युनतम चुक्ता पूँजी २० करोड रुपैयाँ तोकिएको छ । त्यस्तै पुर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा प्रवाह गर्ने ब्रोकरका लागि ६० करोड रुपैयाँ तोकिएको छ । अहिलेकै अवस्थामा पुर्ण कार्य गरिरहेका ब्रोकरहरुले ६० करोड रुपैयाँ पुर्याउनु पर्ने भएको छ । त्यस्तै धितोपत्र व्यापारीको हकमा एक अर्ब ५० करोड रुपैयाँ पुर्याइएको छ ।

Esewa
Crest

सिमित कार्य गर्ने ब्रोकरले लाइसेन्सका लागि निवेदन दिदा ५० हजार रुपैयाँ, अनुमतिपत्र दस्तु बापत २५ लाख रुपैयाँ र वार्षिक शुल्क बापत एक लाख ५० हजार रुपैयाँ भुक्तानी गर्नु पर्नेछ । त्यस्तै पुर्ण कार्य गर्ने ब्रोकरहरुले लाइसेन्सका लागि आवेदन दिदा एक लाख रुपैयाँ, अनुमतिपत्र दस्तुर बापत ५० लाख रुपैयाँ र वार्षिक शुल्क तीन लाख रुपैयाँ भुक्तानी गर्नुपर्नेछ ।

त्यस्तै धितोपत्र व्यापारीको हकमा निवेदन दस्तुर २ लाख, अनुमतिपत्र दस्तुर एक करोड रुपैयाँ र वार्षिक शुल्क ५ लाख रुपैयाँ भुक्तानी गर्नुपर्नेछ । प्रतिलिपि शुल्क भने २५ हजार रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS