IME Life New

जीवन बीमकको संचालक समिति र उपसमितिको बैठक भत्ताबारे बीमा समितिको चासो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। बीमा कम्पनीको उच्च व्यवस्थापन र संचालक समितिले संस्थागत सुशासनको चरम उलंघन गरेको निष्कर्ष सहित बीमा समितिले संचालक समितिको बैठकबारे बीमा कम्पनीहरुसँग विस्तृत विवरण मागेको छ ।

समितिले संस्थागत सुशासन निर्देशिका बमोजिम जीवन बीमकले गठन गरेको संचालक समिति र उपसमितिहरुको बैठक तथा भत्ता सम्बन्धमा विस्तृत विवरण माग गरेको हो । केही जीवन बीमा कम्पनीको संचालक समितिको एकैजना सदस्य फरक फरक उप समितिको संयोजकको हैसियतले वर्षभरमा दर्जन्भन्दा बढी अनावश्यक बैठक बसेर तलब सरह भत्ता सुविधा उपभोग गरिरहेको विषय इन्स्योरेन्स खबरले सप्रमाण सार्वजनिक गरेको थियो ।

Esewa
Crest

बीमा नियामक बीमा समितिले संस्थागत सुशासनको उलंघन भएको भन्दै नियमभन्दा बाहिर गएर गठन गरिएको उपसमिति खारेज गर्न र एकै व्यक्तिलाई निर्देशिका विपरित फरक फरक उपसमितिको संयोजकको जिम्मेवारी नदिनको लागी सचेत गराएको थियो ।

बीमकको संस्थागत सुशासन निर्देशिका २०७५ को दफा १४ बमोजिम गठन गरिएको समिति तथा उप समितिको आर्थिक वर्ष २०७८।७९ भर बसेको बैठक संख्या, सदस्यहरुले भुक्तानी लिएको कुल बैठक भत्ता, अन्य खर्च सहितको विवरण सात दिनभित्र पेश गर्नको लागी समितिले सबै जीवन बीमा कम्पनीहरुलाई भदौ २३ गते समितिले लिखित निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS