IME Life New

एलआइसी नेपालद्वारा “जीवन लाभ” बीमा योजना सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठममाडौं । एलआइसी नेपालद्धारा नयाँ बीमा योजना सार्वजनिक गरेको छ । सीमित अवधीसम्मको बीमाशुल्क बुझाएर थप पाँच वर्ष सम्मको जोखिम निशुल्क बहन भई सो अवधी सम्मको बोनस पनि प्राप्त हुने जीवन लाभ नामक बीमा योजनालाई कम्पनीले आजबाट बजारमा प्रचलनमा ल्याएको छ ।

जीवन लाभ बीमा योजना एलआइसी नेपालको काठमाडौंस्थित कर्पोरेट कार्यालयमा एक कार्यक्रमका बीच कम्पनीका  प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दास, नायब कार्यकारी अधिकृत टी वर्णवाल, सुचना प्रविधि प्रमूख सञ्जीव अग्रवाल, कम्पनी सचिव सुदर्शन गिरी, मार्केटिङ विभाग प्रमुख प्रकाश भक्त उपाध्याय, अण्डरराईटिङ विभाग प्रमुख सबिना श्रेष्ठ लगायत अन्य कर्मचारीहरुले संयुक्त रुपमा गरेका छन् ।

Esewa
Crest

उक्त शुभारम्भ कार्यक्रममा बोल्दै कम्पनीका कार्यकारी निर्देशक लक्ष्मी प्रसाद दासले यो बीमा योजना नेपालको परिप्रेक्ष्यमा बिलकुलै नयाँ भएको र बीमितले सीमित अवधिको बीमाशुल्क बुझाई लामो अवधि सम्म बीमा लाभ प्राप्त गर्न सक्ने र बीमा शुल्क पनि तुलनात्मक रुपमा अन्य बीमा योजना भन्दा कम रहेको बताए ।

कम्पनीको यस योजानामा सरिक हुनको लागि न्यूनतम उमेर १८ वर्ष र अधिकतम उमेर ६० वर्ष को हुनुपर्दछ । त्यसै गरी न्यूनतम बीमांक रू ५० हजारदेखि अधिकतम बीमाकं जति पनि हुन सक्छ । कथमकदाचित बीमितको मृत्यु भएमा बीमांक रकमको साथै मृत्यु भएको दिनसम्मको आर्जित बोनश प्रदान गरिने छ । त्यसै गरी बीमांकको २५ प्रतिशत वा एक लाख मध्ये जुन कम हुन्छ सो रकम मृत्यु संस्कार खर्च वापत पनि भुक्तानी गरिने छ । यस बीमा योजनाको बीमा शुल्क भुक्तानी वार्षिक, अर्ध वार्षिक , त्रैमासिक वा मासिक रुपमा पनि गर्न सकिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS