IME Life New

सुस्तरी घट्दै शेयर बजार, के हो बजार घटाउने “स्लो पोइजन”?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से परिसूचक केही कारोवार दिन देखि निरन्तर घट्दै छ । गत आइतवार नेप्से परिसूचक बढेकोमा आज पाचौं कारोवार दिन लगातार नेप्से घटेको छ ।

आज अर्थात साताको पहिलो कारोवार दिन नेप्से ११ दशमलव ४६ अंकले घट्दै १९२६ दशमलव २८ को विन्दुमा बन्द भएको छ ।

Esewa
Crest

“अन्य” उपसूचक बाहेक सबै उपसूचक घटेको दिन ७४ करोड ७२ लाखको मात्र शेयर खरिद बिक्री भएको छ ।

बजार धेरै अंकले नघट्नु तर थोरै थोरै अंकले निरन्तर घट्दै गएको छ। यस्तो घटाईले ” स्लो पोइजन ” को रुपमा लिने गरिएको छ ।

१२ करोडसम्ममात्र शेयर धितो कर्जा लिन पाउने व्यवस्थाको असर बजारमा लगभग सकिएको तर अहिले फेरी वर्किङ्ग क्यापिटल कर्जा कडाईको कारण शेयर बजार प्रभावित भएको जानकारहरु बताउँछन।

वर्किङ्ग क्यापिटल कर्जाको नयाँ व्यवस्थाले सेल्सको आधारमा कर्जा प्रवाह हुने भएकोले पनि अब पुराना व्यापारी जसले कर्जा लिएर शेयर बजार वा घरजग्गामा लगानी गरेका थिए उनीहरुलाई समस्या पर्ने सक्ने जानकार बताउँछन् । लाभांश खाने मौसममा यसरी बजार घट्नु नपर्ने धेरैको तर्क छ।

घटेको बजारमा मैलुंग खोलाका शेयरधनीले सर्वाधिक कमाएका छन् । कम्पनीको मूल्य ४ दशमलव ५६ प्रतिशतले वृद्धि हुँदै ५०४ पुगेको छ। त्यस्तै सर्वाधिक घट्नेमा सानिमा लार्ज क्याप फण्डका इकाई रहेका छन्। यो म्युचुअल फण्डको इकाई मूल्य सर्वाधिक ५ दशमलव ३७ प्रतिशतले घटेर ७ रुपैयाँ ७५ पैसा पुगेको छ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सको सर्वाधिक खरिद बिक्री भएको छ। कम्पनीको ३ करोड ९५ लाखको शेयर खरिद बिक्री भएको छ। बजार मूल्य ४०६ रुपैयाँ ७० पैसा छ।

कुल बजार पुँजीकरण घट्दै २७ खर्ब ६३ अर्ब पुगेको छ । एक वर्ष अघि बजार अल टाइम हाइ पुग्दा ४४ खर्ब ६८ अर्ब बजार पुँजीकरण पुगेको थियो ।

५२ हप्ताकै न्यून मूल्यमा पाइन थाल्यो

कम्पनीको शेयर(सूचीसहित )

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS