काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्स क लि. द्वारा कैलालीको लम्की शाखामा अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । टिकापुर एरिया शाखा प्रमुख रबिन्द्र हमाल को प्रमुख अतिथ्यता तथा लम्की शाखाका शाखा प्रमुख सुरेश जैसीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
सो कार्यक्रममा आर्थिक वर्ष २०७८/०७९ मा व्यक्तिगत तथा समुहगत विधा तर्फ उत्कृष्ट व्यवसाय गर्ने एजेन्सी म्यानेजर र उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान गरिएको थियो । सूर्या लाइफ इन्स्योरेन्स लम्कि शाखा बिगत ८ बर्ष देखि व्यवसाय संचालन गर्दै दुर दराजसम्म बीमाको पहुँच पुर्याइरहेको र आउदा दिनहरूमा अझ बढि महत्वका साथ बीमा सेवा बिस्तार गर्ने रणनीति लिएको शाखा प्रमुख जैसिले बताए ।