Connect IPS
IME Life

बीमा सिमितिको मधेश प्रदेश शाखाले जीवन बीमा कम्पनी सँग सम्पन्न गर्यो अन्तर्क्रिया, १५ सदश्य निप्स गठन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा समितिको प्रादेशिक कार्यालय अन्तर्गत सञ्चालनमा आएको मधेश प्रदेश कार्यालयले वीरगञ्जमा जीवन बीमा कम्पनीका प्रदेश प्रमुख प्रदेश प्रमुखहरु सँग छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रदेश कार्यकालय प्रमुख कुसुम शर्मा, सहायक निर्देशक टेकराज पाण्डेय, सहायक प्रथम प्रसान्त कुमार कर्ण र कर्मचारी हरेराम श्रेष्ठको उपस्थिति थियो ।

बीमा समितिको कार्यालयमा मधेश प्रदेशमा रहेका जीवन बीमा व्यवसाय गर्ने सम्पूर्ण बीमकका प्रदेश प्रमुख, शाखा प्रमुखहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कार्यालय प्रमुख कुसुम शर्माले यस क्षेत्रमा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले स्वच्छ प्रतिस्पर्धा गरी व्यवसाय सञ्चालन गर्नु पर्ने र अन्डरराइटिङ पाटोलाई बिशेष ध्यान दिनुपर्ने धारणा राखेकी थिइन् ।

Prabhu
Crest

सहायक निर्देशक टेकराज पाण्डेयले भदौ २९ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुन लागेको अभिकर्ता पुनर्ताजगी तालिमका सम्बन्धमा समेत जानकारी गराएका थिए । जीवन बीमा व्यवसायको मुख्य अंगका रुपमा अभिकर्ता रहने हुँदा अभिकर्तालाई बीमाको बारेमा दक्षता बृद्धि हुने गरि शाखा प्रमुखहरुले समेत समय समयमा तालिमहरु सञ्चालन गर्नुपर्ने पाण्डेयले बताए ।

समितिको प्रादेशिक कार्यालयमा आउने उजुरीहरुमा प्रायजसो घातक रोगका सम्बन्धमा गुनासो आउने गरेको हुँदा बीमा गर्ने समयमा नै राम्रोसँग मेडिकलको पाटोलाई हेरेर मात्र बीमालेख जारी गर्नुपर्ने धारणा राखेका थिए । उक्त कार्यक्रममा बीमा कम्पनीका तर्पmबाट यस क्षेत्रमा रहेका बीमा कम्पनीका कर्मचारीहरुलाई तालिमको आवश्यकता रहेको धारणा राखेका थिए । बीमितले बीमालेख धितोमा ऋण लिन पाउने व्यवस्थालाई दुई बर्ष गरिदिन आग्रह गरेका थिए । साथै उक्त कार्यक्रममा बीमा समितिको उपस्थितिमा १५ सदस्यीय बिरगञ्ज जीवन बीमा निप्सको गठन समेत भएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS