IME Life New

नेशनल लाइफको “इम्प्लोइ स्किल इन्हान्समेन्ट ओर्कसप सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको एक्सेल एण्ड इलेभेट” २०७९/८०” नाराका साथ ३ दिने “इम्प्लोयी स्किल इन्हान्समेन्ट ओर्कसप” पोखरामा सम्पन्न भएको छ । कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गर्ने उदेश्यले उक्त कार्यक्रममको आयोजना गरेको हो । सम्मेलनमा विभागिय प्रमुख सहित देशै भरीबाट प्रशासनिक कर्मचारीहरु गरी २०० जना भन्दा बढिको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रम कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहको सभापतित्वमा आयोजना गरिएको सम्मेलनको समुद्घाटन गर्दै अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले दक्ष कर्मचारीहरुबाट नै उत्कृष्ट परिणाम प्राप्त गर्न सकिने भएकोले कम्पनीको कर्मचारीहरुको दक्षता अभिवृद्धिको लागि आवश्यक लगानी गर्दै जाने जानकारी दिइन् ।

Esewa
Crest

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले बीमा व्यवसाय प्रतिष्पर्धात्मक हुँदै गैरहेको वर्तमान स्थितीमा आफ्नो दक्षता, मेहनत र आपसी समन्वयबाट कम्पनीको व्यवसायिक लक्ष्य हासील गरी बीमा बजारमा कम्पनीलाई अग्र स्थानमा पु-याउन मार्केटिङ कर्मचारीहरुको जत्तिकै भुमिका प्रशासनिक कर्मचारीहरुको पनि हुने भएकोले सबैले आ–आफ्नो जिम्मेवारी वहन गर्दै यस सम्बन्धमा अधिकतम प्रयास गर्न उत्प्रेरणा प्रदान गरे ।

प्रमुख कार्यकारी अधिकृत खत्रीले बीमा समितिवाट कर्मचारी दक्षता अभिबृद्धि कार्यक्रम संचालन गर्नु पर्ने निर्देशन प्राप्त भए अनुसार यो कार्यक्रम संचालन गरिएको र आगामी वर्षहरुमा पनि यस्ता कार्यक्रमहरु नियमित रुपमा संचालन गरिने जानकारी गराए ।

कार्यक्रममा नियमनकारी निकाय बीमा समितिका निर्देशक सुशील देव सुवेदीले नेपालको बीमा क्षेत्रमा संस्थागत सुशासनको अवस्था र यस सम्बन्धमा नियामक निकायवाट भएका विस्तृत प्रयासहरु सम्बन्धमा गहन जानकारी गराएका थिए ।

सम्मेलनमा सहभागि कर्मचारीहरुलाईे चर्चित संचारकर्मी एवं मिस नेपाल (२००५) सुगारिका के.सी.ले ब्यक्तित्व विकास सम्वन्धमा प्रशिक्षण प्रदान गरेकी थिइन् । नेपाल पुनर्बीमा कम्पनीको पूर्व प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले कार्यक्रममा जोखिमाङ्कन प्रक्रृयाको महत्वमा प्रकाश पारे ।

साथै कम्पनीका विभागिय प्रमुखहरुले कम्पनीको प्रशासनिक कार्यहरु सम्पन्न गर्ने क्रममा विभिन्न समस्याहरुको पहिचान गरी सहजिकरण गर्दै कम्पनीका ग्राहक तथा अभिकर्ता वर्गहरुलाई छिटो छरितो र विश्वासिलो सेवा प्रदान गर्ने उपायहरुका बारेमा जानकारी गराए ।

सम्मेलनमा उत्कृष्ट कार्य गर्ने ५ जना कर्मचारीहरुलाई प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीबाट सम्मान तथा पुरस्कृत गर्दे कार्यक्रम समापन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS