IME Life New

साधारणसभाको लागि एशियन लाइफको बाटो खुल्यो, समितिबाट लाभांश स्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को घोषणा गरेको लाभांश बीमा समितिले स्वीकृत गरेको छ । बीमा समितिले कम्पनीको उक्त प्रस्तावित लाभांश र वित्तीय विवरणलाई भदौ २० गते स्वीकृति दिएको कम्पनीले जनाएको छ । समितिले कम्पनीको प्रस्तावित लाभांशलाई स्वीकृति दिएसँगै अब साधारण सभाको बाटो खुलेको छ ।

कम्पनीको साउन २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को संचित नाफाबाट बितरण गर्नको लागि हाल कायाम चुक्ता पूँजी २ अर्ब ५३ करोड ९८ लाख ३५ हजारको १४.५०प्रतिशतले हुन आउने ३६ करोड ८२ लाख ७६ हजार ७५ रुपैयाँ बराबरको बोनश शेयर र कर प्रयोजनको लागि ०.७६ प्रतिशतले हुन आउने १ करोड ९३ लाख ८२ हजार ९ सय ५१ रुपैयाँ नगद गरु कुल १५ दशमलव २६ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको थियो ।

Esewa
Crest

कम्पनीको उक्त प्रस्ताव बीमा समितिबाट स्वीकृत भएसँगै अब कम्पनीको बार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS