काठमाडौं । हिमालयन इन्फ्रास्ष्ट्रक्चर फण्ड लिमिटेडको चौधौं वार्षिक साधारणसभा असोज १२ गते बस्ने भएको छ । भदौ २० गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार सभा बस्ने निर्णय गरेको हो ।
सभा अलफ्ट होटल, ठमेल काठमाडौंमा विहान ११ः३० बजे बस्नेछ । उक्त सभाले कम्पनीले नगद लाभांश वितरण गर्ने प्रस्ता पारित गर्नेछ । त्यस्तै, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरिक्षण नियुत्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नुका साथै अन्य छलफल गर्नेछ ।