काठमाडौं । सानिमामाई हाइड्रोपावर लिमिटेडले आथिृक वर्ष २०७८/ ०७९ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
कम्पनीले ५ दशमलव २६३२ प्रतिशत नगद लाभांश ( करसहित) वितरण गर्ने घोषणा गरेको हो । कम्पनीको भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो
उक्त लाभांश प्रस्ताव पारित गर्नको कम्पनीले कात्तिक २ गते ११ औं वार्षिक साधारण सभा गर्ने जनाएको छ । साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका असोज १२ गते बन्द हुनेछ । यस आधारमा असोज ११ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।