काठमाडौं । पनौती नगरपालिकाले मापदण्ड विपरितका घर र टहरा हटाउनका लागि सम्बन्धीत सबैलाई जानकारी गराएको छ । नगरपालिकाले एक सुना जारी गर्दै नगरपालिकाको विभिन्न स्थानहरुमा तथा सडक किनारामा नगरपालिकाबाट स्वीकृति नलिइ घर टहराहरु निर्मान भएका र हालसम्म पनि कतिपय स्थानमा निर्माण भइरहेको हुँदा नगरपालिकाको स्वीकृति लिएर निर्मान गर्न र मापदण्ड विपरितका घर र टहरा हटाउन सबैलाई जानकारी गराएको हो ।
यस सुचनालाई वेवास्ता गरी नहाएको देखिएमा स्थानी सरकार संचालन ऐन २०७४ बमोजिम कारबाही गर्ने जनाएको छ ।