IME Life New

सिटिजन लाइफ द्वारा मृत्यु दाबी रकम भुक्तानी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सिटिजन बाल भविष्य योजना अन्तर्गत मृत्यु दाबी भुक्त्तानी वापत ३ लाख रुपैंया रकम हस्तान्तरण गरेको छ ।

Crest

कम्पनीले बर्दिबासमा आयोजि एक कार्यक्रमको अवसरमा स्वर्गीय बीमित मिन बहादुर थापाकी श्रीमती भिम कुमारी थापा लाई उनका बीमित छोरीको हकमा उक्त्त रकम प्रदान गरेको हो ।

बर्दिबास नगरपालिकाका मिन बहादुर थापाकी धर्म पत्नी भिम कुमारी थापालाई प्रदेश सभाका माननीय सांसद शारदा थापा तथा बर्दिबास उद्योग वाणिज्य संघका अध्यक्ष प्रलाद क्षेत्रीले संयुक्त्त रुपमा बीमाङ्क रकम वापत रु २ लाख ५० हजार र काजक्रिया खर्च सुविधा अन्तर्गतको रु ५० हजार गरि जम्मा रु ३ लाखको चेक हस्तान्तरण गरेका हुन् ।

सिटिजन बाल भविष्य योजना अन्तर्गत प्रस्तावक मिन बहादुर थापाको मृत्यु पश्चात बीमित छोरी सुमना थापाले बीमाशुल्क नतिरिकनै बीमा १५ वर्ष सम्म मासिक रु २५०० को हिसाबले जम्मा रु ४ लाख ५० हजार साथै परिपक्व मितिमा थप बीमाङ्कको रु २ लाख ५० हजार र बोनस रकम प्राप्त गर्नेछन् ।

ग्राहक वर्गको सुरक्षा र निश्चिन्तताको लागि सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नेपालमै पहिलो पटक ल्याएको सिटिजन जीवन सारथी र क्रिटिकल केयर प्लस जस्ता नवीन तथा नौलो योजनाहरुले ग्राहकहरुको मन जित्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS