IME Life New

रिलायबल नेपालद्धारा बेसिशहर नगरपालिकामा ट्राफिक बोर्ड सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लमजुङ शाखा कार्यालयले ५ औं वार्षिकोत्सवको अवसरमा बेसिशहर बजारको ट्राफिक व्यवस्थापनका लागि ट्राफिक बोर्ड सहयोग गरेको छ । कम्पनीले बेसीशहर बजार क्षेत्रका लागि १० वटा ट्राफिक बोर्ड हस्तान्तरण गरेको हो ।

बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले जिल्ला ट्राफिक प्रहरी कार्यालयका बरिष्ठ प्रहरी हवल्दार जेहेन्द्र सिंखडालाई पार्किङ निषेध बोर्ड हस्तान्तरण गरेका हुन् । अर्यालले ट्रफिक बोर्डले बजार व्यवस्थापनमा सहज हुने बताए ।

Esewa
Crest

ट्राफिक व्यवस्थापनमा चुनौती भइरहेको समयमा इन्स्योरेन्सले इट्टा थप्ने काम गरेको भन्दै धन्यवाद व्यक्त गरेका थिए । ट्राफिक व्यवस्थापन स्थानीय तहको भूमिका पनि महत्वपूर्ण रहने भएकाले यसमा ध्यान दिने बताए । उनले भदौ २४ गतेबाट पार्किङ निषेध क्षेत्रमा पार्किङ गरेमा कारबाही गरिने बताए ।

उनले वीमा कम्पनीहरुले जिउँदै हुँदैमा पनि भुक्तानी दावी गर्न पाउने व्यवस्था गर्नुपर्ने बताए । सेवाग्राहीलाई धेरै झुलाउन नहुने भन्दै तुरुन्त भुक्तानीको व्यवस्था गर्न अनुरोध गरेका छन् ।

‍शाखा प्रबन्धक राजु गुरुङका अनुसार प्रति बोर्ड ३ हजार रुपियाँ मूल्य परेको छ । कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रहेर ३० हजार रुपैयाँ मूल्य बराबरको सामग्री प्रदान गरेको हो ।

कार्यक्रममा नेपाल बार एसोसिएसन लमजुङका उपाध्यक्ष माधव बसौला, नेपाल बैंक लिमिटेडका प्रबन्धक किरण बराल, ज्योति विकास बैंकका प्रबन्धक किरण तिवारी, मेगा बैंकका प्रबन्धक सुजन पौडेल, गरिमा विकास बैंकका प्रबन्धक सुरेश थापा, अजोड इन्स्योरेन्सका शाखा प्रमुख रोनिश परियार, पोटेन्सीयल इन्स्यारेन्सका शाखा प्रमुख कृष्ण थापा, सगरमाथा इन्स्योरेन्सका प्रमुख राजन रावल, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लमजुङ शाखा अन्तर्गत करोडपति एन्जेसी, एमडीआरटी, स्टार क्लबको अभिकर्ताहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS