काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजार नेप्से परिसूचक ३ दशमलव ७६ अंकले बढेर १,९९३ दशमलव ०२ को विन्दुमा कायम भएको छ । आज १११ कम्पनीको शेयर मुल्य बढेको छ भने ७२ कम्पनीको शेयर मुल्य घटेको छ । आज बैंकिङ, माइक्रोफाइनान्स, म्युचुअल फण्ड र इन्भेष्टमेन्ट बाहेक सबै उपसूचक बढेका छन् । आज सबैभन्दा धेरै फाइनान्स कम्पनीको शेयर मुल्यमा लगानीकर्ता आकर्षित भएको देखिन्छ ।
आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ७ दशमलव ४८ प्रतिशतका दरले कमाएका छन् । रिलायन्स फाइनान्स कम्पनीका लगानीकर्ताले ६ दशमलव ६४ प्रतिशतका दरले कमाएका छन् । मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले ५ दशमलव ८४ प्रतिशतका दरले कमाएका छन् । सिभिल लघुवित्तका लगानीकर्ताले ४ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै रुरु जलविद्युत कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव ७० प्रशिततका दरले गुमाएका हुन् ।