Connect IPS
IME Life

सामान्य अंकले बढ्यो नेप्से, १ अर्ब २६ करोडको कारोबार हुँदा एनटिसीको सर्वाधिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजार नेप्से परिसूचक ३ दशमलव ७६ अंकले बढेर १,९९३ दशमलव ०२ को विन्दुमा कायम भएको छ । हिजो घटेको शेयर बजारमा आज ३ अंकको बृद्धि हुँदा १११ कम्पनीको शेयर मुल्य बढेको छ भने ७२ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज बैंकिङ, माइक्रोफाइनान्स, म्युचुअल फण्ड र इन्भेष्टमेन्ट बाहेक सबै उपसूचक बढेका छन् । आज सबैभन्दा धेरै फाइनान्स कम्पनीको शेयर मुल्यमा लगानीकर्ता आकर्षित भएको देखिन्छ । आज फाइनान्स उपसूचक १ दशमलव ८९ प्रतिशतले बढेको छ ।

Prabhu
Crest

आज दिनभरिमा २२२ कम्पनीको ३४ लाख ४० हजार ९ सय कित्ता शेयर किनबेच हुँदा १ अर्ब २६ करोड ६६ लाख १९ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल टेलिकमको शेयर कारोबार भएको छ । आज कम्पनीको ११ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ९१० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज अरुण कावेली पावरको ५ करोडमाथिको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ४ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ३ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावर कम्पनीको ३ करोड ५४ लदाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ७ दशमलव ४८ प्रतिशतका दरले कमाएका छन् । रिलायन्स फाइनान्स कम्पनीका लगानीकर्ताले ६ दशमलव ६४ प्रतिशतका दरले कमाएका छन् । मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले ५ दशमलव ८४ प्रतिशतका दरले कमाएका छन् । सिभिल लघुवित्तका लगानीकर्ताले ४ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै रुरु जलविद्युत कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव ७० प्रशिततका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS