IME Life New

सस्तियो शेयर बजार : वाणिज्य बैंकको औसत बजार मुल्य ३१८ मात्र (सूची सहित )

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से परिसूचक फेरी दुई हजार मुनीको विन्दुमा आएको छ । परिसूचक दुई हजार मुनी आईपुग्दासम्म धेरै कम्पनीहरुको शेयर मूल्य घटे पनि सधै जसो वाणिज्य बैंक नै कम मूल्यमा कारोवारमा आएका छन् । हाल नेप्सेमा १९ वाणिज्य बैंकको शेयर कारोवार हुने गरेकोमा ती वाणिज्य बैंकहरुको औसत मूल्य ३१८ रुपैयाँ ८१ पैसा रहेको छ ।

१९ वाणिज्य बैंकमध्ये २ वाणिज्य बैंकको शेयर मूल्य २०० मुनी आएको छ। सिटिजन्स बैंकको शेयर मूल्य १९८ हुँदा कुमारी बैंकको शेयर मूल्य १९८ रुपैयाँ ९० पैसा कायम भएको छ । लक्ष्मी बैंक २०० रुपैयाँमा छ । सबैभन्दा धेरै बजार मूल्य भएको वाणिज्य बैंकमा नबिल बैंक रहेको छ । नबिलको बजार मूल्य ७९३ रुपैयाँ ५० पैसा हुँदा दोश्रोमा एनआईसी एशिया बैंकको ६४६ रुपैयाँ १० पैसा छ ।

Esewa
Crest

२५० मुनी ९ वाणिज्य बैंक :
२५० रुपैयाँ मुनी ९ वाणिज्य बैंक आएका छन्। सिटिजन्स बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, सनराइज बैंक, एनसीसी बैंक, प्रभु बैंक, माछापुछ्रे बैंक, प्राइम कमर्सियल बैंक र एनएमबि बैंकको बजार मूल्य २५० रुपैयाँ भन्दा मुनी छ ।

शेयर मूल्य निकै कममा कारोवार भए पनि अधिकांश बैंकहरु लाभांश दिने क्षमतामा छन् । कुनै पनि बैंकहरुको प्रति शेयर नेट्वर्थ अंकित मूल्य भन्दा कम छैन भने सबै बैंक नाफामै छन् । त्यस्तै आर्थिक वर्ष ७८/७९ को चौथो त्रैमासको वित्तीय विवरण अनुसार कुनै पनि बैंकको पुरानो संचित नोक्सानी छैन । यसरी हेर्दा नयाँ लगानीकर्तालाई भने यस्ता शेयरमा लगानी गर्दा जोखिम निकै कम हुने गर्दछ।

तर बजारमा लगानीकर्ता भन्दा कारोवारीहरु हावी हुन थालेको देखिएको छ, फलस्वरूप लगानीकर्ताहरु उतारचढाव धेरै हुने क्षेत्र तर्फ आकर्षित भएका छन् भने आधारभूत पाटोलाई कम हेर्न थालिएको छ । अनलाइन प्रविधि, युवा लगानीकर्ताको आक्रामक प्रवेशले गर्दा बजार कारोवारीमय भएको छ।  त्यही भएर बजारमा माथिल्लो वेभ आउँदा भने सानो पुँजी भएका शेयरहरु नै आक्रामक रुपमा बढ्ने गरेका छन्।

तर, नेप्सेमा हाल कारोवारी हावी हुँदा आधारभुत रुपमा निकै कमजोर कम्पनीहरुको शेयर मूल्य माथि रहेको छ । प्रति शेयर नेट्वर्थ अंकित मूल्य भन्दा धेरै तल भएका, धेरै वर्षसम्म लाभांश दिने सम्भावना नभएका र निरन्तर नोक्सानीमा गएर जगेडा कोष रित्तीदै गएका कम्पनीहरु बजारमा धेरै माथि हुनुले कुनै दिन जोखिम निम्तिने सम्भावना पनि त्यति धेरै नै हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS