काठमाडौं । पोखरा महानगरपालिकाभित्र पार्किङ प्रयोजनका लागि नक्शा स्वीकृत गरि निर्माण गरिएको भूमिगत तला खाली गर्न घरधनीहरुलाई निर्देशन दिएको छ ।
पार्किङ प्रयोजनका लागि निर्माण गरिएका तर अन्य व्यवसाय सञ्चालन गरिरहेको भूमिगत तला ३५ दिनभित्र खाली गर्न महानगरले निर्देशन दिएको हो । तोकेको समयभित्र खाली नगरेमा कानुन बमोजिम कारवाहि गरिने महानगरले जनाएको छ ।