IME Life New

नेशनल हाइड्रोपावरको विशेष साधारण सभा स्थगित, अब कहिले ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल हाइड्रोपावरको विशेष साधारण सभा स्थगित भएको छ । कम्पनीको गत साउन २३ गते बसेको संचालक समितिको बैठकले विशेष साधारण सभा भदौ १० गते बिहान ११ बजे डेलिश ओपेरा रेष्ट्रो एण्ड बैंक्वेट बालुवाटार, काठमाडौंमा बस्ने निर्णय गरेको थियो । तर, गणपुरक संख्या नपुगेको कारण सभा स्थगित गरेको कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ ।

कम्पनीको भदौ १० गते बसेको संचालक समितिको बैठकले स्थगित साधारण सभा फेरी भदौ १७ गते शुक्रबार डेलिश ओपेरा रेष्ट्रो एण्ड बैंक्वेट बालुवाटार, काठमाडौंमा दिउँसो ११ बजे बस्ने निर्णय गरेको छ ।

Crest

कम्पनीले सभामा बोनश शेयर वितरण र सुनकोशी हाइड्रोपावरको प्राप्तीपछि कायम शुन आउने पुँजीको ५० प्रतिशत हकप्रद शेयर जारी गर्न स्वीकृत प्रदान गर्ने, हकप्रदश शेयर सुनकोशी हाइड्रोपावरको प्राप्तीको कारणले कम्पनीको पूँजी बृद्धि हुने भएकाले कम्पनीको प्रबन्धपत्र दफा ६ को ख र ग को संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, कम्पनीको एक सय प्रति कित्ताको २२ हजार ४७० कित्ता साधारण शेयर वापत जम्मा ७ लाख २५ हजार को आंशिक भुक्तानी मात्र प्राप्त भएको देखिएकाले कम्पनीको हिसाबमा १५ लाख २२ हजार भुक्तानी प्राप्त नभएको देखिँदै आएको हिसाब मिलन गर्नका लागि २२ हजार ४७० कित्ता शेयरलाई व्यवस्थापन गर्नुपर्ने भएकाले संचालक समितिलाई अख्तियारी दिने लगायतका विविध प्रस्ताव पारत गर्नेछ ।
सभा प्रयोजनका लागि कम्पनीले भदौ २ गते बुक क्लोज गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS