काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले स्थगित साधारण सभा पुनः भदौ १९ गते गर्ने जनाएको छ । कम्पनीको भदौ १० गते बसेको सञ्चालक समितिको बैठकले गणपुरक संख्या नपुगी स्थगित भएको १३औं र १४ औं वार्षिक साधारण सभा आगामी भदौ १९ गते गर्ने गरेको हो । साधारण सभा लिसारा बैंक्वेट हल नक्साल, काठमाडौंमा बिहान ११ः३० मा शुरु हुनेछ ।
कम्पनीले ७५ प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव सभामा पेश गरी अनुमोदन गर्नेछ । सभाले संचालक समितिको तर्फबाट प्रस्तुत हुने आर्थिक वर्ष २०७६/ ७७ ७७७ /७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । लेखा परीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७६/ ७७ २७७ /७८ को वासलात, नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण लगायत सो संग सम्बन्धीत अनुसूचिहरु पारित गर्नेछ ।
सभाको साधारण प्रस्तावमा आर्थिक वर्ष २०७६/७७ र २७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्ने तथा कम्पनीको संस्थापक शेयरधनीहरुको तर्फबाट तीन जना र सर्वसाधारणतर्फबाट दुई जना सञ्चालक नियुक्ति गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।