IME Life New

राष्ट्रिय सभाले बीमा विधेयक पारित गर्दै, आज बस्ने सभाको दैनिक कार्यसूचीको तेस्रो नम्बरमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय सभाले बीमा विधेयकलाई आज टेवल गर्ने भएको छ । आज अपरान्ह १ बजे डाकिएको राष्ट्रिय सभाको बैठकमा बीमा विधेयकलाई सम्भावित कार्यसूचीमा राखिएको छ । राष्ट्रिय सभाको सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभामा उत्पत्ती भई सो सभाबाट पारित भएको बीमा विधेयकलाई राष्ट्रिय सभामा टेबुल गर्नका लागि पेश गर्नेछन् ।

राष्ट्रिय सभाले गत साउन २९ गते बीमा विधेयक २०७५ पारित गरिसकेको छ । सामान्यतया राष्ट्रिय सभाबाट पारित भएको विधेयक राष्ट्रिय सभाबाट पारित नहुने सम्भावना एकदमै कम हुन्छ । यदि आज राष्ट्रिय सभाबाट विधेयक पारित भएको खण्डमा राष्ट्रपतिबाट लालमोहर लागि राजपत्रमा प्रकाशित भए पछि कार्यान्वयनमा आउनेछ । यस बीमा विधेयकले बीमा क्षेत्रमै संरचनागत रुपमा आमुल परिवर्तन ल्याउनेछ ।

Esewa
Crest

आजको सभामा फुयालले बीमा विधेयक सहित पशु स्वास्थ्य तथा पशु सवा परिषद विधेयक, २०७६, सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६ सम्बन्धी प्रतिनिधि सभाबाट प्राप्त सन्देशहरु राष्ट्रिय सभाले पारित गरी प्रतिनिधि सभामा पठाइएको शहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक २०७६ लाई प्रतिनिधि सभाले संशोधन सहित फिर्ता पठाएको सन्देश सभा समक्ष टेवुल गर्नेछन् ।

राष्ट्रिय सभाको पहिलो कार्यसूचिमा राष्ट्रिय सभाका सचिव फुयालले राष्ट्रपतिबाट पुनर्बिचारका लागि फिर्ता पठाएको नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउने रहेको छ ।  दोस्रो नम्बरमा अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद सदश्यहरुको कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्योहोरा जानकारी गराउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS