काठमाडौं । नेप्सेमा हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसीएल)को हकप्रद शेयर सूचिकृत भएको छ । नेप्सेमा कम्पनीको ९७ लाख ९५ हजार ५०५ कित्ता हकप्रद शेयर सूचिकृत भएको हो ।
नेप्सेले संस्थापक शेयरको पहिलो कारोबारको लागि ११३ रुपैयाँको सुरुवाती मूल्य तोकेको छ । अबदेखि कम्पनीको साधारण शेयर HIDCL र संस्थापक शेयर HIDCLP सिम्बल बाट कारोबार हुनेछ ।
कम्पनीले बोलपत्रद्वारा विक्री गरेको संस्थापक शेयर सूचिकृत गराएको हो ।