IME Life New

नागरिक लगानी कोषको ३० प्रतिशत बोनश शेयर पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नागरिक लगानी कोषको साधारण सभा सम्पन्न भएको छ । साधारण सभा कोषको केन्द्रीय कार्यालय, नयाँ बानेश्वरमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।

कोषले आर्थिक २०७७/७८सम्मको सञ्चित मुनाफाबाट ३० प्रतिशत बोनश शेयर र १ दशमलव ५७८९ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

Esewa
Crest

सभामा कोष सञ्चालक समितिका अध्यक्ष थापाले कोषले सञ्चालन गरिरहेको सरकारी, गैरसरकारी एवं निजी प्रतिष्ठानमा नसमेटिएका अन्य क्षेत्रका नेपाली नागरिकहरुलाई सामाजिक सुरक्षाको प्रत्याभूति सहितको बचत कार्यक्रमले समेट्ने धारणा राखेका थिए ।

त्यस्तै सभाले संचालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने कोषको आर्थिक बर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ साल असार मसान्तको वासलात, नाफारनोक्सान हिसाब र नगद प्रवाह विवरण पारित गरेको छ। साथै, सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट अशोक बुढाथोकीलाई संचालक पदमा निर्विरोध निर्वाचित गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS