काठमाडौं । आज नेप्से परिसूचक ७ दशमलव ३८ अंकले घटेर २,०५३ दशमलव १६ को विन्दुमा कायम भएको छ । आज ४७ कम्पनीको शेयर मुल्य बढेको छ भने १२४ कम्पनीको शेयर मुल्य घटेको छ । आज म्युचुअल फण्ड बाहेक सबै उपसूचक घटेका छन् ।
आज बजार घट्दा सबैभन्दा धेरै अपर हेवाखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । मन्दाकिनी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । सामलिङ पावर कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै एनआइबिएल समृद्धि फण्ड २ का इकाईधनीले गुमाएका छन् । फण्डका इकाईधनीले ६ दशमलव ७५ प्रतिशतका दरले गुमाएका हुन् ।