IME Life New

नेपाल लाइफको गल्कोट उपशाखाद्वारा १३ लाख ९४ हजार मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गल्कोट उपशाखाले १३ लाख ९४ हजार ५ सय ५० रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ ।गल्कोट नगरपालिका वार्ड नम्बर ६ निवासी भुमबहादुर पुन थापा(दिल्सनं) ले ३ बर्ष पहिला १५ लाख बीमाङ्कको १६ बर्ष अवधिको जीवन बीमा गराएका थिए । उनले श्रीमान श्रीमति दुबैको जोकिम वहन हुने जीवन सारथि जीवन बीमा खरिद गरेका थिए ।

थापाको १ महिना पहिलेनै मृत्यु भएपछी कम्पनीले घरमै गएर १३ लाख ९४ हजार ५ सय पचास रुपैयाँ मृतक थापाकी श्रीमती राधिका केसि पुन थापालाइ हस्तान्तरण गरेको हो । कम्पनीले चौथो किस्ता बुझाउन बाकि रकम कटाएर उक्त मृत्यु दाबी भुक्तानी वापतको रकमको चेक एक कार्यक्रमका बिच हस्तान्तरण गरेको जनाएको छ ।

Esewa
Crest

श्रीमान श्रीमतिको संयुक्त जीवन बीमा भएकाले पनि आगामी १२ बर्षमा बुझाउने वार्षिक किस्ता वापतको रकम १२ लाख २९ हजार ४ सय रुपैयाँ बुझाउन नपर्ने, मृतककी श्रीमती थापाको सम्पुर्ण जोखिम वहन हुने र बीमा अवधी सकिएपछी परिवारले बीमाङ्क रकम १५ लाख र १६ वर्षको कम्पनिले दिने बोनश रकम पाउने कम्पनीले जनाएको छ ।

रकम हस्तान्तरण गर्दै गल्कोट उपशाखा प्रबन्धक ज्ञानु कुवरले मृत्यु दाबी भुक्तानी बापतको रकम र परिवारले आगामी दिनहरुमा पाउने सुबिधाको बारेमा जानकारी दिए ।

कार्यक्रममा गल्कोट नगरपालिका ६, का वडा अध्यक्ष राम प्रसाद कंडेल, पेशागत बिमा अभिकर्ता संघ बीमक समिती नेपाल लाइफ इन्स्योरेन्सका केन्द्रिय सहसचिव रामशरण पोख्रेल, संघका गण्डकी प्रदेश वरिष्ठ उपाध्यक्ष टोप बहादुर खत्री (रबिन), समाजसेवी पुर्ण बहादुर काउचा, दिनेश खत्री, एजेन्सी म्यानेजर चन्द्र प्रसाद सुवेदी, मिना थापा बोहरा, बुलबहादुर केसि, गोरख बहादुर खत्री लगायतले बीमा सबैको लागि महत्वपुर्ण भएको सुझाव दिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS