Connect IPS
IME Life

हिमाल दोलखा हाइड्रोपावरको साधारण सभा स्थगित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको भदौ ३ गतेका लागि बोलाएको १३ औं र १४औं संयुक्त वार्षिक साधारण सभा स्थगित भएको छ । शेयरधनीहरूको गणपूरक संख्या नपुगेकाले सभा स्थगित भएको कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ । स्थगित सभाको मिति तय भएपछि कम्पनीले सुचना जारी गरी बताउने जनाएको छ ।

सभामा ७५ प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव सभामा पेश गरी अनुमोदन गर्ने, सभाले संचालक समितिको तर्फबाट प्रस्तुत हुने आर्थिक वर्ष २०७६/७७-७७ /७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । लेखा परीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७६/ ७७ -७७ /७८ को वासलात, नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण लगायत सो संग सम्बन्धीत अनुसूचिहरु पारित गर्ने प्रस्ताव रहेको थियो । ।

Prabhu
Crest

सभामा आर्थिक वर्ष २०७८/ ७९को लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायत रहेको छ । कम्पनीले हाल कायम १ अर्ब ६० करोड रुपैयाँ चुक्तापूँजीको ७५ प्रतिशत अर्थात १ बराबर शून्य दशमलव ७५ कित्ता शेयर अनुपातमा हकप्रद शेयर जारी गर्न तयारी गरेको हो ।

सभाको साधारण प्रस्तावमा आर्थिक वर्ष २०७६/७७ र २७७/७८ को वार्षिक प्रतिवेदन पारित गर्ने तथा कम्पनीको संस्थापक शेयरधनीहरुको तर्फबाट तीन जना र सर्वसाधारणतर्फबाट दुई जना सञ्चालक नियुक्ति गर्ने लगायतका प्रस्तावहरु पारित गर्ने रहेको थियो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS