IME Life New

डिजी पेका व्यवसायी तथा ग्राहकले स्टार हस्पिटलमा विशेष छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डिजी पे प्रा.लि र स्टार हस्पिटलबीच सम्झौता भएको छ । डिजी पेले आफ्नो व्यवसाय विस्तार गर्न अस्पतालसँग सम्झौता गरेको हो ।

यस सम्झौता पश्चात डिजी पेका ग्राहकले स्टार हस्पिटलमा विभिन्न सुविधा प्राप्त गर्ने छन् । जस अन्तर्गत डिजी पेले ल्याएको व्यावसायिक तथा घर दैलो योजना अन्तर्गत डिजी पे मा आबद्द हुने सम्पूर्ण व्यावसायी तथा घरदैलोका ग्राहकहरुले स्टार हस्पिटलको सौजन्य ८२५ को दुइवटा १,६५० बराबर ओ.पी.डी. टिकट निशुल्क पाउने छन् । साथै बेड तथा स्वास्थ्य परीक्षणमा १० प्रतिशत र औषधि खरिदमा ५ प्रतिशतसम्मको छुट पाउने व्यवस्था रहेको छ ।

Esewa
Crest

स्टार हस्पिटलका अध्यक्ष किशोर महर्जनका अनुसार यस सहकार्यले सम्बन्धित सबैलाई व्यावसायिक, सामाजिक तथा स्वास्थ्य लाभ हुने र यस्तो नौलो र विशेष सहकार्यमा आबद्द हुन पाउदा खुशी व्यक्त गरे । उनका अनुसार यस सहकार्यले स्थानीय स्तरमा प्रत्यक्ष बजार बिस्तार तथा व्यावसायिक उपलब्धि हुनसक्ने जनाए।

त्यस्तै डिजी पे का अध्यक्ष दिवाकर बहादुर पाण्डेले स्टार हस्पिटलसँग सहकार्य गरि आफ्ना व्यवसायी र ग्राहकलाई विशेष छुटको अवसर दिन पाउन खुशी लागेको बताए । । उनका अनुसार डिजी पे अहिले आफ्नै इकोसिस्टम बनाउने योजना रहेको र त्यस अन्तर्गत स्वाथ्य क्षेत्रलाई आबद्ध गर्ने पहिलो प्रयास सफल भएको छ ।

आउँदो दिनमा विभिन्न संस्थाहरुसंग पनि सहकार्य गरि आफ्ना व्यवसायी तथा ग्राहकलार्इ थप अफर तथा सुबिधा दिने योजना रहेको डिजी पेका अध्यक्ष पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS