काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ । आज छापावाला सुन तोलामा ४ सय रुपैयाँले घटेर प्रति तोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज तेजावी सुन प्रति तोला ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । साथै आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रति तोला १ हजार १८५ रुपैयाँमा कारोबर भइरहेको छ ।

















