IME Life New

निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरे १२ अर्ब ७६ करोड खुद बीमा शुल्क, कुनले कति गरे व्यापार ? (सुचिसहित )

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले अघिल्लो आर्थिक वर्षको तुलनामा व्यपारमा बृद्धि गरेको तथ्याङकले देखाएको छ । गत आर्थिक वर्ष २०७८/७९ को चौथौ त्रैमासमा वित्तीय विवरण प्रकाशन गरेका १८ निर्जीवन बीमा कम्पनीहरुको वित्तीय वित्तीय विवरण हेर्दा यी कम्पनीहरुले समग्र व्यापार ११ प्रतिशतले बृद्धि गरेका हुन् ।

यस अवधिमा पाँच वटा कम्पनीको खुद बीमा शुल्क आर्जन घटेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा प्रिमियर इन्स्योरेन्स कम्पनीको खुद बीमा शुल्क ६ प्रतिशतले घटेको छ । लुम्बिनी जनरलको ८ प्रतिशतले घटेको छ । प्रभु इन्स्योरेन्सको ६ प्रतिशतले घटेको छ । प्रुडेन्सियल इन्स्योरेन्सको २६ प्रतिशतले घटेको भने जनरल इन्स्योरेन्स कम्पनीको १९ प्रतिशतले गिरावट आएको छ ।

Esewa
Crest

समिक्षा अवधिमा यी कम्पनीहरुले १२ अर्ब ७६ करोड ८७ लाख ९० हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यी कम्पनीहरुले ११ अर्ब ४९ करोड ३४ लाख ९ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका थिए । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ११ प्रतिशतले बढेको हो ।

यस अवधिमा सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्नेमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा १ अर्ब ७२ करोड ५० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ४ प्रतिशतले बढेको हो ।
दोस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा १ अर्ब ४१ करोड खुद बस्मा शुल्क आर्जन गरेको तेस्रोमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले समिक्षा अवधिमा १ अर्ब ३९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । चौथोमा सिद्धार्थ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा १ अर्ब ५ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

त्यसैगरी गत आर्थिक वर्षको चौथो त्रैमासमा यूनाइटेड इन्स्योरेन्स कम्पनीले ७५ करोड ३२ लाख, एनएलजी इन्स्योरेन्स कम्पनीले ७१ करोड ९ लाख, नेपाल इन्स्योरेन्सले ६९ करोड ८१ लाख, आइएमई जनरल इन्स्योरेन्स कम्पनीले ६४ करोड ७४ लाख, अजोड इन्स्योरेन्सले ४७ करोड ९१ लाख रुपैयाँ, एभरेष्ट इन्स्योरेन्सले ४६ करोड २६ लाख रुपैयाँ, हिमालयन जनरलले ४१ करोड ६१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका छन् ।

त्यस्तै, यस अवधिमा राष्ट्रिय बीमा कम्पनीले ३४ करोड ५३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ भने सानिमा जनरल इन्स्योरेन्स कम्पनीले २७ करोड ७६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS