काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा गत आर्थिक वर्षमा १७ प्रतिशत घटेको छ ।
कम्पनीले अघिल्लो आर्थिक वर्षमा ६ करोड १४ लाख नाफा कमाएकोमा गत आर्थिक वर्षमा घटेर ५ करोड ९ लाखमा झरेको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा कम्पनीको विद्युत विक्री आम्दानी भने ४ प्रतिशत वृद्धि भएको छ ।
कम्पनीले अघिल्लो आर्थिक वर्षमा १२ करोड ९७ लाख विद्युत विक्री बापत आम्दानी भएकोमा गत आथिृक वर्षमा बढेर १३ करोड ४९ लाख पुगेको हो ।
कम्पनीको चुक्ता पूँजी ६४ करोड ६४ लाख रहेको छ । गत आर्थिक वर्षमा जगेडामा १३ करोड ३६ लाख सञ्चित गरेको छ ।
यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ८८ पैसा रहेको छ । मूल्य आम्दानी अनुपात ६८.३२ गुणा र प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ६८ पैसा रहेको छ ।