IME Life New

टक्सार पिखुवाखोला हाइड्रोको साधारण सभा आज, के-के छन् एजेण्डा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । टक्सार पिखुवाखोला हाइड्रोको पहिलो वार्षिक साधारणसभा आज साउन ३० गते हुँदैछ । सभा विहान ११ बजे कम्पनी रजिष्ट्रर्डको कार्यालय खिचापोखरीमा हुने कम्पनीले जनाएको छ ।

२०७९ साउन ६ गते बसेको कम्पनीको संचालक समितिको निर्णय अनुसार पहिलो वार्षिक साधारणसभाले वार्षिक प्रतिवेदन उपर छलफल सहित पारित गर्ने, लेखापरिक्षण प्रतिवेदन, वासलत, नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण उपर छलपफल गरि पारित गर्ने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

त्यस्तै, सभाले लेखापरिक्षक नियुक्ति र पारिश्रमिक तोक्ने, जगेडा शेयर समेत खरिद विक्रि गर्न संचालक समितिलाई अख्तियारी दिने, साथै साधारणसभाबाट शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन आइपीओको लागि अवश्यक प्रकृया अगाडी बढाउन संचालक समितिलाई अख्तियारी दिनेमा विषय पारित गर्ने रहेको छ ।

कम्पनीले अन्य आयोजनामा लगानी गर्ने बारे संचालक समितिलाई अख्तियारी दिने, संचालक समितिबाट भएका निर्णय अनुमोदन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS