IME Life

बीमा विधेयक २०७९ प्रतिनिधि सभाबाट पारित

SPIL
NIC ASIA

काठमाडौं । प्रतिनिधि सभाबाट ‘बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको ‘बीमा विधेयक २०७९’ पारित भएको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश गरेको बीमा विधेयक २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव पारित भएको हो ।

गत असार २ गते अर्थसमितिले संसदमा पेश गरेको बीमा विधेयकको दफा एकदेखि १२४ सम्मका बुँदाहरुलाई बिधेयकको अंग बनोस भन्ने प्रस्ताव संसदबाट पारित भएको छ । संसदले उक्त प्रस्ताव पारित गरे सँगै यस बाहेकका एक देखि १७२ सम्मका बुँदा तथा अनुसुची पनि संसोधन विधेयकको अंग बनोस भन्ने प्रस्ताव निर्णयार्थ पारित भएको छ ।

Prabhu
Crest

संसदले उक्त विधेयकको प्रस्तावना, विधेयकको नामलाई पनि पारित गरेको छ । यसरी संसोधित बुँदा, अनुसुची, प्रस्तावना र विधेयकको नाम संसदबाट पारित भए सँगै अर्थमन्त्री जनार्दन शर्माले ‘बीमा विधेयक २०७९’ पारित गरियोस् भन्ने प्रस्ताव गरेका थिए । यसरी शर्माले गरेको प्रस्ताव संसदबाट बहुमतले पारित भएको हो ।

प्रतिनिधिसभाबाट पारित भए सँगै अव यो विधेयक राष्ट्रिय सभामा पेश हुनेछ । राष्ट्रिय सभाले पनि पारित गरे पछि यो बल्ल कार्यान्वयनमा आउनेछ ।

d1xjzhsdmhddfgqt

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS