IME Life New

ज्योति लाईफद्वारा मर्जर प्रस्ताव पारित, संस्थापक समूहको १९ प्रतिशत शेयर सर्वसाधारण शेयरमा परिवर्तन गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले  विशेष साधारणसभा सम्पन्न गरेको छ ।  उक्त सभाले नियमनकारी निकायको निर्देशन तथा समया नुकुल पूँजी बृद्धिको आवश्यकतालाई दृष्टिगत गरी अन्य कुनै जीवन बीमा कम्पनीसँग एकआपसमा गाभ्ने र गाभिने तथा प्राप्ति गर्ने प्रयोजनका लागि उपयुक्त जीवन बीमा कम्पनीको पहिचान तथा छनौट एवं संचालक समिति समक्ष सोको जानकारी तथा सिफारिस गर्ने कार्यको लागि संचालक समितिबाट मर्जर समिति गठन गरिएको निर्णय सभाले   अनुमोदन गरेको कम्पनीले जनाएको छ ।

सूर्यालाइफ इन्स्योरेन्स कम्पनी तथा ज्योतिलाईफ इन्स्योरेन्स कम्पनी एकआपसमा गाभ्ने गाभिने सम्बन्धमा मर्जर समितिबाट पेश हुन  आएको प्रारम्भिक संझौतापत्रको मस्यौदालाई सभाले स्वीकृति गरेको छ। सभाले सो सम्झौतापत्रमा हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने तथा सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि बीमा समिति समक्ष निवेदन दिने, शेयर कारोबार रोक्काको लागि पत्राचार गर्ने विषयमा भएको संचालक समितिको निर्णय अनुमोदन गरेको छ र कम्पनीको सम्पत्ती तथा दायित्वको मुल्याङ्कन गर्न परामर्शदाता, मुल्याङ्कनकर्ता तथा लेखापरिक्षकको नियुक्ती गर्ने सम्बन्धमा कम्पनीको सम्पत्ती तथा दायित्वको मुल्याङ्कन कार्य(DDA)गर्नका लागि संचालक समितिबाट मुल्याङ्कनकर्ता नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने गरि भएको निर्णय अनुमोदन गरेकोछ ।

Esewa
Crest

ज्योतिलाईफले सो सभामा कम्पनी एकआपसमा गाभ्ने, गाभिनेसँग सम्बन्धीत प्रचलित नियम, कानून तथा निर्देशनहरु बमोजिम अपनाउनु पर्ने तथा गर्नु पर्ने सम्पूर्ण आवश्यक कार्य एवं प्रकृयाहरु पुरा गरि अख्तियार प्राप्त निकायबाट स्वीकृति लिने तथा सो सन्दर्भमा नियामक निकायले निर्देशन गरे बमोजिम बिवरणहरु उपलब्ध गराउने लगायत मर्जरसम्बन्धी अन्य आवश्यक कार्य गर्न गराउन संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने सम्बन्धमा समेत निर्णय भएको छ । साथै कम्पनीमा संस्थापक समूह तथा सर्वसाधारण समूहको शेयर स्वामित्व संरचना क्रमश ७०:३० को अनुपातमा रहेकोमा संस्थापक समूहको १९ प्रतिशत शेयर सर्वसाधारण शेयरमा परिवर्तन गरि कम्पनीको शेयर स्वमित्व संरचना ५१:४९ प्रतिशतको अनुपात कायम गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS