काठमाडौं । काठमाडौं महानगरपालिकाका शेयर बालेन्द्र शाहले थापाथलीस्थित नर्भिक अस्पतालले संझौता विपरित नक्सा पास नगरी बनाएको घर टहरा भत्काउन निर्देशन दिएका छन् । उनले वडा नम्बर तीनको वडा कार्यालय मार्फत नियम विपरित निर्माण भएका घर/टहरा हटाउन निर्देशन दिएका हुन् ।
अस्पतालले विगत २० वर्षदेखि भोगचलन गर्दै आएको एक रोपनी ८ आना एक पैसा एक दामको जग्गाको पश्चित तर्फ नेपाल सरकारसँग भएको सम्झौता विपरित र नक्शापास स्वीकृत नगरी निर्माण गरिएको भन्दै २४ घण्टा भित्रमा उक्त संरचना भत्काउन निर्देशन दिएको हो । पश्चिम तर्फको भुभागमा अस्पतालले कान्टिन भवन लगायतका संचरना बनाएर सञ्चालन गर्दै आएको छ । यदि तोकिएको समय भित्र संरचना नहटाएरमा कार्बाही गरिने महानगरले जनाएको छ ।