Connect IPS
IME Life

सानिमा बैंकले प्लस टु अध्ययन गर्ने विद्यार्थीलाई छात्रावृत्ति दिदै, कहिलेसम्म दिने आवेदन ?

SPIL
NIC ASIA new
Sanima Reliance

कठमाडौं । सानिमा बैंकले एसइइ सकेर प्लस टु अध्ययन गर्ने विद्यार्थीलाई छात्रावृद्धिका लागि निवेदन दिन आह्वान गरेको छ । बैंकले प्रत्येक शाखाबाट २, २ जना विद्यार्थीका लागि छात्रावृद्धि प्रदान गर्दै आइरहेको छ ।

बैंकले काठमाडौं बाहिर रहेका प्रत्येक शाखाबाट विद्यार्थीले चाहेको शैक्षिक संस्थामा लाग्ने शुल्क तथा शैक्षिक सामाग्रीहरुका अतिरिक्त मासिक २ हजार रुपैयाँ प्रदान गर्ने व्यवस्था रहेको छ । बैंकले प्रदान गर्ने छात्रवृत्तिको रकम प्रति वर्ष प्रति विद्यार्थी ५० हजार सम्मको रहेको बैंकले जनाएको छ । जसमा मासिक खर्चका लागि २ हजार रुपैयाँ समेत समावेश गरिएको छ । यस छात्रवृत्तिका लागि २०७९ सालमा एसइइ परीक्षा उत्तिर्ण गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई आवेदन दिन बैंकले आह्वान गरेको हो ।

Prabhu
Crest

यस छात्रवृत्तिका लागि आवेदक शाखा रहेको स्थानको स्थायी बासिन्दा हुनुपर्नेछ । साथै आवेदक गरिब तथा विपन्न परिबारको हुनुपर्नेछ । साथै आवेदकले सोही स्थानभित्रको सरकारी, सामुदायिक विद्यालयबाट निरनतर तीन वर्षयता अध्ययन गरि पहिलो प्रयासमै एसइइ उत्तिर्ण गरेको हुनुपर्नेछ । सोहि स्थानभित्र रहेको माध्यामिक शैक्षिक संस्थामा उपलब्ध विषय, संकाय अध्ययन गर्नुपर्नेछ । शैक्षिक संस्था तथा संकाय आवेदक आफैले छनौट गर्नुपर्नेछ । आवेदक पूर्णकालीन छात्र, छात्राको रुपमा रहनुपर्नेछ ।

आवेदनका साथमा पासपोर्ट साइजको फोटो, एसइइको मार्कसिट र चारित्रिक प्रमाणपत्र, अध्ययन गरेको शैक्षिक संस्थाको कागजपत्र र बुबा वा आमाको नागरिकताको प्रतिलिपि समेत समावेश गर्नुपर्नेछ ।

उक्त आवेदन भने बैंकको प्रत्येक शाखामा निशुल्क फारम भरेर पेश गर्न सकिनेछ । साथै यहि भाद्र ३१ गतेभित्र कार्यालय समयमा आवेदन फरम बुझाउनुपर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS