काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गापा अन्तर्गतको कुलेखानी ड्याम यात्रा बीमा एड्भाइजरको टोली यात्रा सम्पन्न गरेको छ । एड्भाइजर राइजिङ्घ स्टार्स इन्सोरेन्स ग्रुपको आयोजना तथा एशियन लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडको आयोजनामा कुलेखानी ड्याम यात्रा सम्पन्न भएको हो ।
दुई दिन एक रात भएको कार्यक्रमा बीमा एड्भाइजरको टोली निकै रमाइलो गर्नुको साथै नयाँ जोसजागरका साथ बीमा व्यवसाय गर्ने योजनामा गोलबद्व भई लक्ष्य रहेको कार्यक्रम संयोजक राजु साहले जनाए ।
अभिकर्ताको दायित्व र सफलता बारे प्रकाश पार्दै पेशालाई निरन्तर बनाउनु पर्ने कुरामा एशियन लाइफ इन्सोरेन्स शाखा कार्यलय हेटौडाका प्रबन्धक हिरालाल श्रेष्ट जोड दिएका थिए ।
एड्भाइजर राइजिङ्घ स्टार्स इन्सोरेन्स ग्रुपले बीमित, अभिकर्ता र कम्पनी र समग्र बिमा प्रति निकै जिम्मेवारीका साथ अगाडी बढेको प्रति एशियन लाइफ इन्सोरेन्स शाखा कार्यलय चावाहिलका प्रबन्धक अशोक गीरीले जनाए ।
कुलेखानी ड्याम यात्रामा प्रधान कार्यलय लगायत अभिकर्ताहरुको सामुहिक सहभागिता रहेको थियो ।