IME Life New

नेक्सजेनको बीमा सम्बन्धि सर्भे सम्पन्न, उल्लेख्य जनचेतना अभिबृद्धि भएको पुष्टि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा.लि.ले देशभर जीवन बीमा सम्बन्धि सर्भे गरेको छ । कम्पनीले गत चैत महिनामा सातैै प्रदेशको प्रतिनिधित्व हुनेगरी ३१ जील्लाको ४८ स्थानमा बीमा सम्बन्धि गतिविधिलाई लिएर सर्भे सम्पन्न गरेको हो । सर्भेमा ४९२ जना बीमितलाई संलग्न गरिएको थियो जसमध्ये १९० महिला र ३०२ जना पुरुष रहेका थिए ।

प्रत्येक क्षेत्रबाट न्यूनतम ५ र बढीमा १० जना बीमितलाई सर्भेमा समावेश गरिएको कम्पनीले जनाएको छ । बीमा समितिले दिएको तथ्याङ्कमा बीमाको कभरेज १० वर्षभित्र ७ प्रतिशतबाट बढेर ३५ प्रतिशतभन्दा माथि पुगेको छ । कमरेज बढेअनुसार फोर्सफुलमा बीमा गर्ने भन्दा स्वेच्छाले बीमा गर्नेहरुको संख्या बढ्दै गइरहेको देखिन्छ । यस सर्भेमा पनि जीबन बीमा प्रतिको जनचेतना र आकर्षण बढ्दै गएको पुष्टि भएको छ ।

Esewa
Crest

सर्भेमा संलग्न व्यक्तिहरुलाई बीमा किन गर्नुपर्छ भन्ने प्रश्नमा ८९ प्रतिशतले महत्व बुझेर गरेको भन्ने उत्तर दिएका थिए भने कम्पनीको बारेमा सोध्दा ७५ प्रतिशतले कम्पनीको बारेमा थाहा भएको कुरा गरेका थिए । साथै बीमाको आवश्यकताको बारेमा भने ८५ प्रतिशतले अति आवश्यक भएको बताएका थिए ।

सर्भेमा बीमांकलाई अझै आकर्षित बनाउन ७६ प्रतिशतले जनचेतना बढाउनुपर्ने, ५ प्रतिशतले गरिवको लागि सरकारले केही राहत दिनुपर्ने र १९ प्रतिशतले राम्रो प्रोडक्ट र गुणस्तरीय सेवामा जोड दिनुपर्ने जानकारी दिएका थिए । साथैै बीमा प्रतिको आकर्षण बढेको र जनचेतना पनि अभिबृद्धि भइरहेको अनुसन्धानले पुष्टि गरेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS