काठमाडौं । सत्तारुढ दलहरुले आगामी निर्वाचनमा दलिय गठबन्धनलाई निरन्तरता दिने सहमति गरेका छन् । सरकारले हिजो मात्रै प्रदेश र प्रतिनिधिसभाको निर्वाचन यहि मंसिर ४ गते गर्ने निर्णय गरेको थियो । निर्वाचनको मिति तय भए सँगै अहिले सत्ता गठबन्धन गरिरहेका ५ दलले चुनावी तालमेलको सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्कीको उपस्थिति थियो भने माओवादी केन्द्रबाट देव गुरुङ र वर्षमान पुन थिए ।
यस्तै, नेकपा (एकीकृत समाजवादी)बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा थिए । कार्यदल नै बनाएका सत्तारुढ गठबन्धनले सिटको भने टुङ्गो लगाइसकेका छैनन् ।