काठमाडौं । लुम्बिनी विकास बैंकले ऋणपत्र निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासनका लागि सेबोनमा निवेदन दिएको हो ।
यसको विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ । कम्पनीले कुल १० लाख कित्ता ऋणपत्रमध्ये ४ लाख कित्ता सर्वसाधारणको लागि र ६ लाख कित्ता व्यक्तिगत तबरबाट विक्री गर्नका लागि सेबोनमा निवेदन दिएको हो ।